रुसमा आएको शक्तिशाली भूकम्पपछि उत्पन्न सुनामीको कारण जापानले १९ लाखभन्दा बढी मानिसहरूलाई आफ्नो घर छोड्न भनेको छ ।
अधिकारीहरूले मानिसहरूलाई जापानको उत्तरी तटीय क्षेत्र खाली गर्न र कुनै अग्लो स्थानमा सर्न अपिल गरेका छन् । जापानको प्रशान्त तटमा दर्जनौँ सुनामी छालहरू आइपुगेका छन् ।
उत्तरमा होक्काइदोदेखि दक्षिणमा वाकायामा प्रान्तसम्म प्रशान्त तटमा खाली गर्ने चेतावनी जारी गरिएको छ । मौसम विज्ञान एजेन्सीले सुनामी छालहरू ३ मिटरसम्म अग्लो हुन सक्ने बताएको छ ।
