१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

गाजाको नासेर अस्पतालमा इजरायली आक्रमणको चौतर्फी निन्दा

दक्षिणी गाजाको खान युनिस शहरमा रहेको नासेर अस्पतालमा इजरायलले गरेको आक्रमणको चौतर्फी निन्दा भएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यी पछिल्ला घटनाहरूले यस क्रूर द्वन्द्वमा आफ्नो कर्तव्य निर्वाह गर्दा चिकित्साकर्मी र पत्रकारले सामना गर्ने जोखिमहरूलाई उजागर गर्ने बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले ‘तत्काल र स्थायी युद्धविराम’ सहित आक्रमणको ‘निष्पक्ष अनुसन्धान’ को पनि माग गर्नुभएको छ ।

संयुक्त राष्ट्र प्यालेस्टाइन शरणार्थी एजेन्सी यूएनआरडब्ल्यूएका प्रमुख फिलिप लाजारिनीले पत्रकारको हत्याप्रति आक्रोश व्यक्त गर्नुभएको खबरमा उल्लेख छ । उहाँले अनिकालको बीचमा चुपचाप मरिरहेका बालबालिकाको बारेमा रिपोर्ट गर्ने अन्तिम बाँकी आवाजहरूलाई मौन पारिएको बताउनुभएको छ ।

बेलायती विदेशमन्त्री डेभिड लामीले यस घातक आक्रमणबाट आफू स्तब्ध भएको प्रतिक्रिया दिनुभएको छ । फ्रान्सेली राष्ट्रपति इमयानुएल म्याक्रोँनले यो आक्रमणलाई सहन नसकिने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणप्रति प्रतिक्रिया दिँदै यसबाट आफू खुशी नभएको उल्लेख गर्नुभएको छ ।

नासेर अस्पतालमा इजरायली आक्रमणमा ५ पत्रकारसहित कम्तीमा २० जनाको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच सन् २०२३ को अक्टोबरमा युद्ध शुरू भएदेखि गाजामा ज्यान गुमाउने पत्रकारको सङ्ख्या झन्डै २ सय पुगेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय