१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

दक्षिण कोरियाले अमेरिकाबाट ५० अर्ब डलरमा बोइङ विमान किन्ने

कोरियन एयरले सयभन्दा धेरै बोइङ विमान खरिद गर्ने, अतिरिक्त स्पेयर इन्जिन किन्ने र २० वर्षसम्म इन्जिन मर्मत–सम्भार सेवा लिने गरी ५० अर्ब डलरको ठूलो सम्झौता घोषणा गरेको छ।

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार वासिङ्टनमा भएको भेटपछिको औपचारिक कार्यक्रममा यो सम्झौता भएको हो।

सम्झौताअनुसार १०३ नेक्स्ट–जेनेरेसन बोइङ विमानका लागि ३६ अर्ब २० करोड डलर, जीई एरोस्पेस र सीएफएम इन्टरनेसनलका १९ स्पेयर इन्जिनका लागि ६९ करोड डलर र जीई एरोस्पेससँग २० वर्षे इन्जिन मर्मत सेवा सम्झौताका लागि १३ अर्ब डलर छुट्याइएको छ।

कोरियन एयरले विज्ञप्तिमा भन्यो, ‘यो सम्झौता अमेरिकी उड्डयन उद्योगसँग हाम्रो साझेदारीलाई बलियो बनाउन गरिएको रणनीतिक निर्णय हो। अमेरिकी बजारमा गरिएको यो लगानीले एयरलाइनको परिचालन क्षमता र विश्वव्यापी प्रतिस्पर्धा बढाउनेछ, साथै लामो समयको व्यावसायिक सम्बन्धलाई बलियो बनाउँदै दिगो विकासलाई प्रोत्साहन गर्नेछ।’

खरिद अर्डरमा २० बोइङ ७७७–९, २५ बोइङ ७८७–१०, ५० बोइङ ७३७–१० र आठ बोइङ ७७७–८एफ मालवाहक विमान छन्। यी सबै विमान सन् २०३० को अन्त्यसम्म चरणबद्ध रूपमा डेलिभरी हुने तय छ।

हस्ताक्षर समारोहमा कोरियन एयर र हन्जिन समूहका अध्यक्ष र सिइओ वाल्टर चो, बोइङ कमर्सियल एयरप्लेनकी अध्यक्ष र सिइओ स्टेफनी पोप र जीई एरोस्पेसका कमर्सियल इन्जिन र सेवा विभागका अध्यक्ष र सिइओ रसेल स्टोक्स सहभागी थिए।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय