१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

रूसी राष्ट्रपतिलाई अब धेरै पर्खन नसकिने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अब धेरै पर्खन नसकिने चेतावनी दिनुभएको छ । युक्रेनको सङ्कट समाधानमा दुवै पक्षको सहयोगको आवश्यकता रहेको तर पुटिनलाई लामो समयसम्म पर्खन नसकिने ट्रम्पले बताउनुभएको हो ।

फक्स न्यूजसँगको कुराकानीमा ट्रम्पले पुटिनप्रति बढ्दो निराशा व्यक्त गर्नुभएको छ । साथै पुटिनले सहमति गर्न चाहँदा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले समस्या खडा गर्ने र जेलेन्स्कीले चाहँदा पुटिनले समस्या खडा गर्ने जस्तो भइरहेको उहाँको भनाइ छ ।

अब पनि यस्तै अवस्था रहन नहुँने भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अब आफूहरू धेरै बलियो भएर उनीहरूलाई सहमतिमा ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय