७ माघ २०८२, बुधबार
icon
निर्वाचन
७ माघ २०८२, बुधबार
icon
निर्वाचन

रूसी राष्ट्रपतिलाई अब धेरै पर्खन नसकिने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अब धेरै पर्खन नसकिने चेतावनी दिनुभएको छ । युक्रेनको सङ्कट समाधानमा दुवै पक्षको सहयोगको आवश्यकता रहेको तर पुटिनलाई लामो समयसम्म पर्खन नसकिने ट्रम्पले बताउनुभएको हो ।

फक्स न्यूजसँगको कुराकानीमा ट्रम्पले पुटिनप्रति बढ्दो निराशा व्यक्त गर्नुभएको छ । साथै पुटिनले सहमति गर्न चाहँदा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले समस्या खडा गर्ने र जेलेन्स्कीले चाहँदा पुटिनले समस्या खडा गर्ने जस्तो भइरहेको उहाँको भनाइ छ ।

अब पनि यस्तै अवस्था रहन नहुँने भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अब आफूहरू धेरै बलियो भएर उनीहरूलाई सहमतिमा ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय