१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

अफगानिस्तानले बग्राम एयर बेस अमेरिकालाई फिर्ता नगरे राम्रो नहुने ट्रम्पको धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानले बग्राम एयर बेस अमेरिकालाई फिर्ता नगरे नराम्रो हुने धम्की दिएका छन्। ‘यदी अफगानिस्तानले बग्राम एयर बेस बनाउने, अमेरिकालाई फिर्ता गरेन भने, नराम्रा कुराहरू हुनेछन्,’ ट्रम्पले उनको सामजिक संजाल ट्रुथ सोसियलमा शनिबार पोस्ट गरेका छन्।

तालिबान शाषित अफगानिस्तानमा आश्रय लिएको अल कायदाले २००१, सेप्टेम्बर ११ मा अमेरिकामा आतंककारी हमला गरे पछि अमेरिकाले अफगानिस्तानमा आक्रमण गरेको थियो। अफगानिस्तान कब्जा गरेपछि अमेरिकाले सो एयर बेस बनाएको थियो।

२०२१ मा अमेरिकी सेना स्वदेश फिर्ता भएपछि तालिबानले फेरि अफगानिस्तानमा शासन गरिरहेको छ। त्यहाँ रहेका अमेरिकी सैन्य बेसहरू पनि अहिले तालिबान सरकारकै कब्जामा छन्। ट्रम्पले बिहीबार पनि बग्राम एयर बेस फिर्ता लिने बताएका थिए। अफगानिस्तान सरकारले भने अमेरिकी सेनाको फेरि उपस्थिति हुने कुराको विरोध गरेको छ।

वर्तमान र पूर्व अमेरिकी अधिकारीहरूले बग्राम एयर बेस पुन कब्जा गर्न १० हजार भन्दा बढी सेना र शक्तिशाली एयर डिफेन्स सिस्टम तैनाथ गर्नु पर्छ भनेर औंल्याएका छन्। त्यसो गर्नु भनेको अफगानिस्तानमा फेरि आक्रमण गरे जस्तो देखिन सक्छ भनेर चेतावनी दिएका भनेर समाचार संस्था रोयटर्सले जनाएको छ।

तर दोस्रो कार्यकालमा पानामा नहरदेखि ग्रिनल्याण्डसम्म कब्जा गर्ने धम्की दिइरहेका ट्रम्प भने बग्राम एयर बेस फिर्ता लिने कुरामा केन्द्रित देखिन्छन्। बेस फिर्ता लिन अमेरिकी सेना पठाउने हो भनेर शनिबार पत्रकारले सोध्दा ट्रम्पले नपठाउने भनेनन्। ‘हामी त्यस बारेमा अहिले कुरा गर्ने छैनौं,’ मात्रै भने।

‘हामी अहिले अफगानिस्तानसँग कुरा गर्दैछौं र हामी यसको फिर्ता चाहन्छौं। हामी छिट्टै, तुरुन्तै फिर्ता चाहन्छौं। यदी तिनीहरूले यसो गर्दैनन् भने तपाईंले थाहा पाउनुहुनेछ कि म के गर्नेछु,’ उनले ह्वाइट हाउसमा शनिबार भने।

यो विशाल एयर बेस दुई दशकसम्म अफगानिस्तानमा अमेरिकी सेनाको मुख्य अखडा थियो। सो एयर बेसमा बर्गर किंग र पिज्जा हट जस्ता फास्ट-फूड रेस्टुरेन्टहरू देखि लिएर इलेक्ट्रोनिक्स देखि अरू सामान बेच्ने पसलहरू पनि थिए। त्यहाँ एउटा विशाल जेल पनि थियो।

चीनको नजिकै त्यति ठूलो अमेरिकी एयर बेसको सामरिक महत्वका कारण ट्रम्पले सो बेस फिर्ता लिन खोजेको देखिन्छ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय