१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

भेनेजुएलामा आक्रमण गरेको ट्रम्पको दावी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा आक्रमण गरेको पुष्टि गरेका छन्।

शनिबार बिहानै भेनेजुएलाको राजधानी लगायत चार वटा राज्यमा एकैसाथ विस्फोट भएको घटनालाई ट्रम्पले अमेरिकाले गरेको ठूलो आक्रमण सफलतापूर्वक सम्पन्न भएको बताएका हुन्।

उनले भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेर देशबाहिर लगिएको दाबी गरेका छन्। ‘संयुक्त राज्य अमेरिकाले भेनेजुएला र यसका नेता राष्ट्रपति निकोलस मादुरोविरुद्धको आक्रमण सफलतापूर्वक गरेको छ। मदुरोलाई उनकी श्रीमतीसहित पक्राउ गरी देशबाट बाहिर लगिएको छ,’ ट्रम्पले  ट्रुथ सोशलमा लेखेका छन्।

अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सका अनुसार भेनेजुएलाको स्थानीय समयअनुसार बिहान २ बजे विस्फोटका आवाजहरू सुनिएका थिए। विस्फोटको ज्वालाले ती क्षेत्रको आकाश रातो देखिएको र  शहरका विभिन्न ठाउँबाट धुवाँका मुस्लोहरू उडिरहेको तस्बिर र भिडिओ सार्वजनिक भएको थियो।

विस्फोटपछि भेनेजुएल‍ाको सञ्चार मन्त्रालयले विज्ञप्ती जारी गरी यसमा अमेरिकाको हात रहेको भन्दै कडा शब्दमा निन्दा गरेको छ। विस्फोटको घटनापछि राष्ट्रपति मदुरो कतै नदेखिएको पनि न्युयोर्क टाइम्सले जनाएको छ। भेनेजुएलाका अधिकारीहरूले राष्ट्रपति मदुरोको स्थितिबारे खुलाएका छैनन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले मदुरोमाथि धाँधली गरेर चुनाव जितेको, लागुऔषध ओसार पसार गरेको लगायतका आरोप लगाउँदै उनलाई सत्ताबाट हटाउनुपर्ने बताउँदै आएका थिए। उनी आफै सत्ताबाट हट्दा बुद्धिमानी हुने पनि उनले ट्रम्पले बताउँदै आएका थिए।

मदुरोलाई सत्ताबाट हटाउन ट्रम्पले भेनेजुएलामाथि विभिन्न प्रतिबन्धसमेत लगाएका थिए। ठूलो परिमाणमा तेल बोकेका ट्यांकरहरू कब्जा गर्नेदेखि क्यारेबियन सागरमा डुंगाहरूलाई लक्ष्य गरेर हमला गर्ने लगायत अन्य थुप्रै तरिकाले ट्रम्पले मदुरोलाई सत्ता छाड्न दबाब दिँदै आएका थिए।

यद्यपि ट्रम्पको आरोपमा सत्यता नरहेको भन्दै मदुरोले संवादमार्फत विवाद समाधान गर्न तयार रहेको बताउँदै आएका थिए।उनले अमेरिकाले भेनेजुएलाको तेल लगायतका प्राकृतिक स्रोतमाथि आँखा लगाएको र आफू कुनै हालतमा त्यसो हुन नदिने पक्षमा रहेको बताउँदै आएका थिए।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय