मध्यपूर्वको युद्ध अन्त्यका लागि चीन र पाकिस्तानको पाँचबुँदे प्रस्ताव

अमेरिका–इजरायल र इरानबीचको युद्ध अन्त्यका लागि मध्यस्थता गरिरहेका चीन र पाकिस्तानले तत्काल युद्धविराम र ‘स्ट्रेट अफ होर्मुज’ खोल्नेसहितको पाँचबुँदे योजना अघि सारेका छन् ।

युद्ध अन्त्यका लागि आफ्नो देशले गरिरहेको पहलमा सहयोग माग्न पाकिस्तानका विदेशमन्त्री बेइजिङ पुगेपछि यो मस्यौदा तयार गरिएको हो । चिनियाँ विदेश मन्त्रालयले दुई देशबाट नयाँ प्रयासको काम भइरहेको जनाएको छ । यसअघि मौन जस्तै रहेको चीन मध्यपूर्वमा युद्ध लम्बिएसँगै अग्रसरता बढाएको बीबीसीले जनाएको छ ।

पाकिस्तानले यसअघि नै कूटनीतिक पहल थालेको थियो । चीनसँग तेलको ठूलो भण्डारण छ र अन्य एशियाली देशको तुलनामा चीनमा तत्काल अभावको सम्भावना छैन । तर युद्ध लम्बिँदै जाँदा चीनको औद्योगिक क्षेत्रमा पनि असर पर्न सक्ने चिन्ता छ ।
इन्धनको भाउ बढ्ने क्रम जारी रहँदा मध्यस्थताका लागि चीन अघि सरेको हो । सन् २०२३ मा साउदी अरब र इरानबीच सम्झौता गराउन भूमिका खेलेको चीन दुई देशबीच कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्न सफल भएको थियो ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको ‘दुईदेखि तीन हप्ताभित्र’ अमेरिकाले इरान छाड्ने बताउनुभएको छ । तर त्यसका लागि इरानी शासनले वर्षौँसम्म परमाणु हतियार नबनाउने कुरामा आफूहरू निश्चित हुनुपर्ने उहाँको तर्क छ । ह्वाइट हाउसको ओभल कार्यालयमा ट्रम्पले अमेरिका छिट्टै इरानबाट आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रियामा जाने संकेतसहित अब युद्ध लम्ब्याउन आवश्यक नरहेको बताएको बीबीसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय