२३ चैत्र २०८२, सोमबार
२३ चैत्र २०८२, सोमबार

भेनेजुएलाकी राष्ट्रपति माथिको प्रतिबन्ध फुकुवा

अमेरिकाले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजमाथि लगाएका प्रतिबन्धहरू हटाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही महिनाअघि सेना पठाएर भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरी अमेरिका लगेका थिए। त्यसपछि मदुरोकी उपराष्ट्रपति रोड्रिगेज अन्तरिम राष्ट्रपतिको कार्यभार सम्हालिरहेकी छन्।

मदुरोलाई पक्राउ गरेपछि अमेरिकाले भेनेजुएला चलाउने र त्यहाँको तेल बेच्ने खुल्लम खुला घोषणा गरेका थिए। त्यसपछि रोड्रिगेजले अमेरिकी चाहना अनुसार सरकार चलाइरहेको मानिन्छ। मदुरो नै राष्ट्रपति हुँदा पनि अमेरिकाले रोड्रिगेजसँग कुरा गरेको थियो भनेर पछि अमेरिकी मिडियाले खुलासा गरेका थिए।

अहिले मदुरोलाई नियन्त्रणमा लिएको तीन महिना पनि नबित्दै अमेरिकाले विगतमा रोड्रिगेजमाथि लगाएको प्रतिबन्ध बुधबार हटाएको हो।

यो निर्णयले उनको सरकारलाई अमेरिकामा दूतावास र वाणिज्य दूतावासहरू पुन: खोल्न र विदेशमा रहेका भेनेजुएलाका सरकारी स्वामित्वका कम्पनीहरूमाथि पुनः नियन्त्रण कायम गर्न बाटो प्रशस्त गरेको समाचार संस्था रोएटर्सले लेखेको छ।

रोड्रिगेजले पनि यस निर्णयको स्वागत गर्दै त्यसलाई दुई देशबीचको सम्बन्धलाई सामान्य र सुदृढ बनाउने दिशामा एउटा महत्वपूर्ण पाइला भनेकी छन्।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय