मेरो विरुद्धमा देखाइएका सर्वेक्षणहरू नक्कली छन्ः ट्रम्प

समाचार सारांश
Auto Generated by AI
  • राष्ट्रपति ट्रम्पले इरानसँगको युद्धबारे सार्वजनिक भएका सर्वेक्षणहरूलाई नक्कली भन्दै अस्वीकार गरेका छन्।
  • उनले सर्वेक्षणकर्ताहरूले सोध्ने प्रश्नहरू पक्षपाती रहेको आरोप लगाउँदै त्यसको आलोचना गरेका छन्।
  • ट्रम्पले युएईमा भएको इरानको आक्रमणलाई युद्धविरामको उल्लङ्घन मान्न अस्वीकार गर्दै छानबिन जारी रहेको बताएका छन्।

इरान विरुद्धको युद्धलाई लिएर अमेरिकामा बढ्दो जनआक्रोशका बीच राष्ट्रपति ट्रम्पले आफ्नो विरुद्ध देखाइएका सर्वेक्षणहरू नक्कली भएको बताएका छन्।

ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले त्यस्ता तथ्याङ्कहरूमा विश्वास नगर्ने बताए। ट्रम्पले भने, ‘एक सर्वेक्षणले केवल ३२ प्रतिशत मानिसहरूले युद्धको पक्षमा रहेको देखाएको छ, तर उनी त्यस्ता तथ्याङ्कहरूमा विश्वास गर्दैनन्।’

पोलस्टरहरूको प्रश्न पक्षपाती रहेको बताउँदै उनले इरानलाई आणविक हतियार राख्न अनुमति दिनु पर्छ कि पर्दैन भनेर सर्वेक्षण गर्नुपर्ने बताए।

यस्तै, ट्रम्पले युएईमा इरानको आक्रमणलाई युद्धविरामको उल्लङ्घन भन्न अस्वीकार गरेका छन्। एबीसी न्यूजसँग कुरा गर्दै ट्रम्पले यो ठूलो स्तरको आक्रमण नभएको र धेरैजसो क्षेप्यास्त्रहरू खसालिएको बताए। उनले यसको अनुसन्धान भइरहेको र पछि जानकारी प्रदान गरिने बताए।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय