२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

पूर्वडिआइजी हेमन्तप्रकाश मल्ल

यसपटक चुनावमा के–कस्तो सुरक्षा चुनौती देखिन्छन् ?
राजनीतिक दलले एक–अर्काप्रति असहिष्णु देखिने प्रवृत्ति पहिलेदेखिकै हो । एक–अर्काको झन्डा जलाउने, फरक पार्टीका उम्मेदवारको बदनाम गर्ने यसैका उदाहरण हुन् । त्यसमाथि अहिलेको चुनाव युवाले गरेका आन्दोलनको माग सम्बोधन नभई हुँदै छ । चुनावले सरकार मात्र बदल्ने हो । माग सम्बोधन नगरिएको असन्तुष्टिले सुरक्षा चुनौती थप्नेछ । त्यसबाहेक नेपालको अवस्थिति भूराजनीतिक रूपमा संवेदनशील स्थानमा छ । यसलाई हामीले बुद्धिमत्तापूर्वक सम्बोधन गर्न सकेनौँ भने पनि ठुलो असर पर्नेछ । त्यस्तै पछिल्लोपटक आन्दोलनका क्रममा हजारौँ कैदी र हातहतियार अझै नियन्त्रणमा आएको छैन ।

सुरक्षा चुनौती कम गर्न के गर्नुपर्छ ? 
मुख्यतः सरकारले सुरक्षा बढाउन गरेका काम लगातार सञ्चार गर्नुपर्छ । चुनावी सुरक्षाका लागि सरकारले लगानी बढाउनुपर्छ । सूचना संकलनदेखि पूर्वाधार तथा मानव स्रोत विकास लगानीविना सम्भव छैन । त्यसबाहेक भोलिका दिनमा शासन गर्छु भनेर चुनावमा होमिएका दल पनि जिम्मेवार हुनुप¥यो । नागरिक समाजले पनि समाजमा सम्प्रदायिक सद्भाव कायम गर्न काम गर्नुपर्छ ।

चुनावी सुरक्षा सन्दर्भमा सामाजिक सञ्जालको कस्तो भूमिका देखिन्छ ? 
समाजिक सञ्जाल समाजका खराबीलाई ‘एम्प्लिफाई’ गर्ने (बढाउने) उपकरण बनेको छ । सद्भाव भड्काउनेदेखि ट्रोलिङ गर्नेदेखि पछिल्लो समय फेक भिडियोको विस्तारमार्फत माहोल बिगार्न यसको भूमिका देखिन्छ । यसको अनुगमनदेखि जिम्मेवार प्रयोगमा जोड दिनुपर्छ ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय